रुस–युक्रेन वार्तामा प्रगति: कच्चा तेलको भाउ घट्यो

6.2k Shares

 

काठमाडौं ।  रुसको रक्षा मन्त्रालयले युक्रेनको राजधानी किएभ तथा चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई कम गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको बताएका हुुन् । फोमिनले रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्नका लागि सैन्य गतिविधि घटाउने निर्णय गरेको बताएका छन् । 

हिजोको वार्तामा युक्रेनको तटस्थता र गैरआणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनको भनाई छ । 

यसैबीच रुस र युक्रेनबीचको वार्तामा स्पष्ट प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले घटेको छ । यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार