कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको प्रधानमन्त्री देउवाको भनाई

6.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन्। 

श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको बताएका हुन्।  उनले दीगो विकास र शान्तिको लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिएका छन्। 

देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा बताएका छन्।  उनले दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताएका छन।

 

ताजा अपडेट
सम्बन्धित समाचार