सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नु पर्छ, सुरू मबाटै गरौँ : कांग्रेस उपसभापति गुरूङ

6.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालयताका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनले लाभको पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग गर्दै त्यसको सुरुवात आफैँबाट गर्न आग्रह गरेको जानकारी दिएका छन्।

‘२०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद, मन्त्री, प्रधानमन्त्री, उच्च पदका कर्माचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानबिन गरेर मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध अभियान चलाऔँ’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तब कांग्रेस जित्छ। सम्पत्ति छानबिनको सुरुवात मेरैबाट गरियोस्।’ 

277289871_712356439780942_640123717856045434_n.jpg

ताजा अपडेट
सम्बन्धित समाचार