संसदीय समितिमा शेखर समूह नसमेटिए सभापतिलाई घेराबन्दी गर्ने असन्तुष्ट पक्षको चेतावनी

8.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा सहभागीहरूले संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्नेसमेत चेतावनी दिएका हुन् ।

‘ संसदीय समिति गठन गर्दा शेखर कोईराला समूहका वरिष्ठ नेताहरुलाई नसेमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्छौं। पार्टी सभापतीलाई घेराबन्दी गर्नेछौं,’ एक नेताले भने । 

कांग्रेसको भातृसंस्था लगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्‍यवस्थापन नभए विद्रोह हुन सक्ने छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार