एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन – माधवकुमार नेपाल 

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई यथास्थितिमा जस्ताको तस्तै समर्थन गर्न नसकिने बताएका छन्।

वीरगञ्ज पुगेका नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै एमसीसी परियोजनाका केही कुराहरुलाई स्पष्ट गर्न जरुरी रहेको उल्लेख गरेका छन । जनमत एमसीसीको विरोधमा रहेको भन्दै अध्यक्ष नेपालले एमसीसीको विषयमा जनतालाई आश्वस्त पार्नु चुनौतीको विषय रहेको औंल्याएका छन । 

नेपालले भने ‘एमसीसीलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन। जनमत अहिले यसको विरोधमा छ’, उनले भने, ‘एमसीसीमा केही मिलाउनुपर्ने कुराहरु छन्। जनतालाई पनि यस विषयमा आश्वस्त पार्न चुनौती छ। यथास्थितिमा आँखा चिम्लेर हामीले एमसीसीको समर्थन गर्न सक्दैनौं।’

आफ्नो पार्टीले एमसीसीमा सात वटा विषयमा असहमति जनाएको नेता नेपालले बताएका छन । पत्रकार सम्मेलनमा नेपालले जानकारी गराएअनुसार उनको पार्टीले पहिलो, एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग हो कि होइन, दोस्रो, यो अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत पर्छ कि पर्दैन, सैन्य सम्बन्ध छ कि छैन, तेस्रो, यो एमसीसीको ट्रान्समिसन प्रयोग गर्दा नेपालको तलको भूभागमा नेपालको अधिकार रहन्छ कि रहँदैन, चौथो, निर्माणको कार्य गर्दा श्रम शक्तिहरु नेपालको प्रयोग गर्न पाउने कि नपाउने, पाँचौं, एमसीसी परियोजनाअन्तर्गत भएका विकासका कार्यहरुबाट उत्पादन हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन, छैंटो, एमसीसीको लेखापरीक्षण गर्ने हक नेपालका लेखापरीक्षकहरुले प्राप्त गर्छन् कि गर्दैनन् र सातौं, एमसीसी तथा यहासँग जोडिएका कानुनको बारेमा प्रस्ट हुनुपर्नेलगायतका विषयहरु अघि सारेको छ।

एमाले अध्यक्ष केपी ओली हिजो पनि एमसीसी पास गर्न लागेकाले विदेशीका सामु उनी लम्पसार परेको नेपालको भनाई छ । एमसीसी पास गराउन ओलीले आफ्नै पार्टीका नेताहरुमाथि झम्टेकोले उनी देशको हितभन्दा पनि आफ्नो हित कसरी हुन्छ भन्ने कुरामा ध्यान दिने गरेको नेपालले आरोप लगाएका छन । 

 

ताजा अपडेट
सम्बन्धित समाचार