देउवाको आह्वानमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको बताएका छन् ।

१४औं महाधिवेशन सम्पन भएर नयाँ कार्यसमिति बनेको डेढ महिनापछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्न सकिने हुँदा देउवाको प्राथमिकतामा कार्यसम्पादन समिति परेको हो ।

कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष तोकिएको छैन । यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्न सक्ने विधानमा व्यवस्था छ ।

सभापतिले केन्द्रीय समितिमा राखेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले बहुमतले अनुमोदन गर्नुपर्नेछ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार