राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेटमा के के भयो छलफल ?

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहिबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा भेटवार्ता भएको हो । 

उनीहरुबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिदै भने - 'आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ । यो नियमित भेटवार्ता हो ।' 

स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ । आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेटेका हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार