आखिर किन लगाए नेपालले ओलीलाई नम्बर एक गफाडी भएको आरोप, कारण यस्तो छ! 

8.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नम्बर एक गफाडी भएको आरोप लगाएका छन् । सोमबार (आज) समाजवादी प्रेस संगठनले केपी ओलीले आजकै दिन एक वर्ष अघि पुष ५ गते संसद् विघटन गरेको अवसरमा कालो दिवस मनाउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिएको पनि उल्लेख गरेका छन् । तर, ओलीको त्यो फुर्तिमात्रै भएको उनको टिप्पणी छ । उनले भने–‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर !, केपी ओली । अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने ।’

ताजा अपडेट
सम्बन्धित समाचार