उपाध्यक्ष रावल अध्यक्ष ओलीविरुद्ध प्रतिस्पर्धा गर्दै

7.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँः एमालेका उपाध्यक्ष भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । दिउँसो ३ बजे पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्ने रावलका प्रेस सहयोगी एकीन्द्र कुँवरले बताए ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।

एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए । ९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार