हामीले चाहेको जस्तो रुस र बेलायतबीचको सम्बन्ध हुन सकेन: बेलायती प्रधानमन्त्री जोनसन

6.9k Shares

एजेन्सी: रुस र बेलायतबीचको अहिलेको सम्बन्ध चाहेअनुसार नरहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा यस्तो बताएका हुन् ।

उनलले पुटिनलाई फोनमार्फत भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘प्रधानमन्त्री जोनसनले रुससँगको सम्बन्ध चाहेअनुसार स्थापित हुन सकेको छैन् । द्विपक्षीय सम्बन्धमा पनि केहि चूनौती देखिएको छ । युक्रेनको सार्वभौमको विषयसमेतले हाम्रो सम्बन्धमा भिन्नता देखिएको छ ।’

सोहि क्रममा क्रेमलिनले दुवै पक्षले आफ्नो धारण राखेको बताएको छ । मस्को र लण्डनबीचको विग्रेको सम्बन्धबारे केहि बुँदामा छलफल भएको स्पष्ट गरेको छ ।यसअघि दुवै शाक्तिशाली देशहरुका नेताबीच सन् २०२० मे ८ मा वार्ता भएको थियो । त्यसबेला समेत दुवै देशबीचको सम्बन्धलाई लिएर छलफछल भएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार