गाडीले किचेर किसान मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

7.4k Shares

लखनउ: भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् ।

गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो ।

१२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ । 

उनीमाथि हत्या, दुर्घटनामा ज्यान लिएको र सवारी चलाउन लापरवाही गरेको आरोप लगाइएको छ ।

गत साता तिकुनीयामा प्रदर्शनमा उत्रिएका किसानलाई मिश्रासहितले गाडीले किचेको दाबी गरिएको छ । उक्त घटना र त्यसपछि भड्किएको हिंसामा आठ जनाको ज्यान गएको थियो । एजेन्सी

ताजा अपडेट
सम्बन्धित समाचार