सनसनीपूर्ण बक्सिङ भिडन्तमा फ्युरीद्वारा वाइल्डर नकआउट

615 Shares

एजेन्सी: विश्व हेभिवेट बक्सिङ भिडन्तमा डियोनटे वाइल्डरलाई टाइसन फ्युरीले नकआउट गरेका छन् । आज विहान भएको भिडन्तमा वाइल्डर र फ्युरी दुवैले एक अर्कालाई पटक पटक ढालेका थिए ।


खेलप्रेमीले निकै चासो लिएको भिडन्तमा वाइल्डरलाई फ्युरीले तीन पटक ढालेका थिए । ११ औं राउण्डमा ढलेका वाइल्डर उठ्न सकेनन् । यसअघि फ्युरीलाई वाइल्डरले चौंथो राउन्डमा दुईपटक ढालेपनि उठेका थिए ।

पाचौं राउन्डमा भने वाइल्डरविरुद्ध फ्युरी हावी भएका थिए । तेस्रो राउन्डमा वाइल्डरलाई फ्युरीले ढालेका थिए ।

यसअघि भएको भिडन्तमा पनि वाइल्डरलाई फ्युरीले नकआउटमा पराजित गरेका थिए । यी दुई खेलाडीबीच अघिल्लो भिडन्तपछि यसपटकको भिडन्त निकै महङ्गो मानिएको थियो ।