चीनको दबावले ताइवान झुक्दैन : राष्ट्रपति साइ

258 Shares

बीबीसी : ताइवानकी राष्ट्रपति साइ इङ–वेनले चीनको दबावबाट ताइवान नझुक्ने बताएकी छन् । चीन–ताइवानबीच विवाद चुलिएको बेला राष्ट्रपति साइले ताइवानको प्रजातान्त्रिक जीवन पद्धतिलाई निरन्तरता दिने बताइन् । 

“चीनबाट जति ठूलो दबावको सामना गर्छौ हामीले त्यति धेरै प्राप्त गछौँ”, उनले भनिन् । 

चिनिया राष्टपति सी जिन पिङले पुनः एकीकरण पूरा गर्ने वाचा गरेको भोलिपल्ट ताइवानको राष्ट्रिय दिवशको अवसरमा साइको वक्तव्य आएको हो । 
ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र मान्छ भने चीनले आफ्नो छुट्टिएको प्रान्तको रूपमा लिन्छ । 

बेइजिङले एकताको लागि बल प्रयोग गर्न सक्ने सम्भावनलाई अस्वीकार गरेको छैन । उसले हालैका दिनहरूमा ताइवानको एयर डिफेन्स जोनमा थुप्रै सैन्य विमानहरू पठाएको थियो । चीनको यस कदमलाई केही विश्लेषकहरूले ताइवानी राष्ट्रपतिलाई दिइएको चेतावनी हुन सक्ने बताएका छन् । 

राष्ट्रपति साइले ताइवान प्रजातन्त्र रक्षाको पहिलो घेरामा रहेको भन्दै स्वतन्त्रता, प्रजातन्त्र वा सार्वभौमिकता नदिने चीनको बाटोमा हिड्न बाध्य हुन नसक्ने बताएकी छन् । 

उनले चिनिया सैन्य विमानहरूको ताइवानको एयर डिफेन्स जोनमा भएको उडानहरूले ताइवानको राष्ट्रिय सुरक्षा र उड्डयन सुरक्षामा गम्भीर रूपमा असर परेको बताइन् । अहिलेको अवस्था विगत ७२ वर्षमै जटिल र तरल बनेको उनको भनाई छ । 

साइले ताइवानले हतारमा काम नगर्ने तर आफ्नो प्रतिरक्षालाई बढाउने बताइन् । उनले विखण्डनवादी भनी बेइजिङले लगाउने आरोप पनि अस्वीकार गरेकी छन् । 

शनिबार चिनिया राष्ट्रपति सी जिन पिङले ताइवानलाई शान्तिपूर्ण रूपमा पुनः एकीकरण गर्ने वाचा गर्दै विखण्डनवाद विरुद्ध चीनको “गौरवमय परम्परा” रहेको भन्दै चेतावनी पनि दिएका थिए । -बीबीसीबाट