देउवा मन्त्रिपरिषद विस्तारबाट किन सन्तुष्ट छैनन् ? यस्तो छ कारण !

234 Shares
सम्बन्धित पार्टी

काठमाडौँ :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले झन्डै ८८ दिनपछि मात्र हिजो मन्त्रिपरिषद विस्तार गरे । उनले हिजो १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

गठबन्धनको सरकार भएका कारण सबै दलका नेताहरुलाई चित्त बुझाएर मन्त्रिपरिषद विस्तार गर्नु उनको लागि ठुलो चुनौतीको विषय रहेको थियो जुन उनले पुरा गरिछाडे ।

मन्त्रालयको भागबण्डा नमिलेको भन्दै दलका नेताहरुले चरम असन्तुष्टि व्यक्त गरेका त छन् नै देउवा आफैं पनि आफूले गरेको मन्त्रिपरिषद विस्तारबाट सन्तुष्ट भने छैनन् ।

उनले गठबन्धनको सरकार भएका कारण सक्षम व्यक्तिलाई मन्त्रीमा नियुक्त नपाएकोमा दुख व्यक्त गरेका छन् ।

बालुवाटारमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको उल्लेख गरे । उनले आगामी दिनमा अरुलाई उचित जिम्मेवारी दिने उल्लेख गरेका छन् ।