जसपाले लगायो मन्त्रीहरुको टुंगो, जसपाको भागमा कुन कुन मन्त्रालय पर्यो ?

790 Shares
सम्बन्धित पार्टी

काठमाडौँ:  जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गरेको छ । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् । 

एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने तय गरिएको छ ।

पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको ती नेताले जानकारी दिए ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

ताजा अपडेट