के तपाईंलाई शरिफाको यो फाइदा थाहा छ ?

432 Shares

एजेन्सी : शरिफालाई सीताफल पनि भनिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी, ए, राइबोफ्लेविन, थियामिन, नियासिनलगायतका तत्व हुन्छन् । 

शरिफामा पोटासियम, क्याल्सियम, आयरन, म्याग्नेसियम, फस्फोरस पनि पाइन्छ । यसमा अन्य फलमा भन्दा बढी आइरन पनि पाइन्छ । 

त्यसैले शरिफा खाँदा हाम्रो शरीरलाई निकै धेरै फाइदा हुन्छ । हाम्रो दाँतका लागि मात्र होइन, शरिफाले हाम्रो आँखाको तेजलाई पनि बढाउन सहयोग गर्छ ।