संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा प्रेम आले

240 Shares

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले  प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा पठाउने भएको छ । 

शुक्रबार बिहानै मन्त्रीहरूको नाम टुंगो लगाएर जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा गएका छन् । यस्तै जसपाले सहरी विकास मन्त्रालयमा नेता बिरोध खतिवडालाई र रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने तयारी गरेको छ । 

गठबन्धन दलहरुले सरकारमा जाने मन्त्रीहरूको नाम दिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र र कांंग्रेसले पनि मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । 

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भइसकेको छ । प्रधानमन्त्री देउवाले आजै ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने तयारी गरेका छन् ।