रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने एसको यस्तो छ तयारी !

288 Shares

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने तयारी गरेको छ । शुक्रबार बिहान बस्ने पार्टीको सचिवालय बैठकले को को लाई कुन मन्त्रीमा सरकारमा पठाउने भन्ने निर्णय गर्नेछ । 

यसैबीच सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चाररचार मन्त्रालय पाउने भएका छन् ।

नेकपा एसले रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी गरेको छ ।

धेरै जना आकांक्षी देखिएपछि दुई चरणमा मन्त्री बनाउन लागेको नेकपा एसले पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । 

स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने तयारी छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ । जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ ।

सरकार गठन भएको ८९ दिनमा मन्त्रिपरिषदले पूणता पाउन लागेको हो । लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको चर्को आलोचना भइरहेको छ ।