ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसके :माधवकुमार नेपाल

402 Shares

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका हुन् । 

उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । उनले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजानेसमेत घोषणा गरे । उनले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए ।

‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ, अन्तिसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने भयो’, नेपालले भने, ‘केपी ओली सबै हिसावले कम्युनिस्ट आन्दोलन र आददर्शबाट च्यूत भइसकेका छन् । च्यूत भइसकेको अब औपचारिक रुपमा दिन हेर्नमात्रै बाँकी छ ।’