आजै मन्त्रीहरूको शपथ हुने प्रचण्डको दाबी

243 Shares
सम्बन्धित पार्टी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरूको शपथ हुने दाबी गरेका छन्। ‘पञ्चली एटके’ टेलिभिजनको उद्घाटन गर्दै दाहालले साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् ।

माओवादीले समावेशी, मधेसी, पिछडिएका वर्ग समुदायलाई समेटेर सरकार आफ्ना प्रतिनिधि पठाएको उनको भनाइ छ ।

यस क्रममा प्रचणडले आफू जहिले उत्पीडित वर्गलाई अगाडि ल्याउन प्रयासरत रहेको बताउँदै आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, जनजाित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए।