शाहरुख खानका छोरा आर्यनबारे सुनिल सेट्टीले खोले मुख,दिए यस्तो प्रतिक्रीया !

11.7k Shares

मुम्बईबाट गोवा गइरहेको जहाजमा चलेको रेव पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि सहभागी थिए । त्यही क्रममा नारोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा मार्दा आर्यन पनि पक्राउ परे, उनलाई हिरासतमा राखिएको छ ।

अहिले सोधपुछ चलिरहेको छ । यता, आर्यनको नाम जोडिएसँगै बलिउडमा हंगामा मच्चिएको छ । चर्चित अभिनेता सुनिल सेट्टीले भनेका छन्, ‘कोही व्यक्ति रंगेहात पक्राउ पर्यो भने उसलाई हिरासतमा लगिन्छ । हामी यो सोचेर बसेका हुन्छौं कि यी युवाले पक्कै ड्रग्स लिएका छन् ।’

उनले अगाडि भने, ‘यी बच्चालाई थोरै सास लिन त दिनुस् । सही रिपोर्ट आउने प्रतिक्षा गर्नुस् ।’ एनसीबीले छापा मार्नेक्रममा जहाजबाट कोकिन र अन्य तीन किसिमका ड्रग्स बरामद गरेको थियो ।

उक्त पार्टीमा सहभागी हुनेहरुले न्युनतम ८० हजारदेखि २ लाख भारुसम्म शुल्क तिरेका थिए । तर, आफुले कुनै शुल्क नतिरेको र अतिथिका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले प्रहरीसँग दिएका छन् ।

आर्यनका अनुसार उनको आउँदैछन् भन्ने प्रचार गरेर यस पार्टीमा धेरै मानिसहरुलाई बोलाइएको थियो । तर, पार्टीमा के हुँदैछ भन्ने जानकारी पनि आर्यनलाई थिएन । सोधपुछका क्रममा प्रहरीले आर्यनको मोबाइल फोन बरामद गरेर उनले गरेका कुराकानीहरू हेरेको छ ।

पार्टीमा आर्यनको भूमिका स्पष्ट गर्नका लागि मोबाइल बरामद भएको हो । एनसिबीले छापा मार्दा जहाजमा ६ सय जना हाई प्रोफाइल व्यक्तिहरु सवार रहेको पनि बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार