आज सुनको मूल्यमा गिरावट, कतिले हुँदैछ कारोबार ?

402 Shares

काठमाडौँ: आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएसंगै चाँदीको मूल्य  भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

मंगलबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ८९ हजार ८५० रुपैयाँ रहेकोमा आज ८९ हजार ४५० रुपैयाँ रहेको छ । 

यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।