सुनचाँदीको मुल्यमा बृद्धि, कतिले हुँदैछ कारोबार ?

11k Shares

काठमाडौं: आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको बताएका छन्  । 

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । भने यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार