लोसपाका नेता लेखीले दिए पार्टीबाट राजीनामा 

33.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन् ।

लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकाले पार्टीबाट राजीनामा दिएको बताएका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने र आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिएको बताए । राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए । 

 

bigyapti.jpg

ताजा अपडेट
सम्बन्धित समाचार