लोसपा प्रदेश २ को संसदिय दलको नेता सोनल चयन 

375 Shares

जनकपुरधामः हिजो बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश नम्बर २ को संसदिय दलको नेता चयनमा जितेन्द्र सोनल चयन भएका छन् । 
पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितीमा बसेको बैठकले संसदिय दलको नेता सोनललाई चयन गरेको नेता अजय कुमार झाले बताए ।

पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारी, पूर्वमन्त्री उमाशंकर अरगरियासहितको उपस्थितिमा बसेको बैठकले सोमबार राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।