आज फेरी ६१ अंकले ओरालो लाग्यो नेप्से

10.5k Shares

काठमाडों:  साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ ।

शेयर कारोबार रकममा पनि आइतबार खासै उल्लास देखिएन । ठूलो माग नहुँदा बिक्रीमा चाप समेत देखिएन । जसकारण कारोबार बन्द हुँदासम्म ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । समूहगत रुपमा हेर्दा सबै समूहका सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।

 सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ । यस्तै हाइड्रो समूह पनि ४.३ प्रतिशतले घटेको छ । म्युचुअल फण्डमा भने ०.२१ प्रतिशतले वृद्धि भएको छ ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार