काठमाण्डुु सहित केही जिल्लामा कांग्रेस अधिवेशन प्रभावित

489 Shares
सम्बन्धित पार्टी

काठमाण्डु: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज पालिकास्तरीय अधिवेशन हुँदैछ । आजका लागि ६४ जिल्लामा पालिका स्तरीय अधिवेशन तय भएपनि विवादकाबीच केही जिल्लाको अधिवेसन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।

‘६४ जिल्लामा आजका लागि पालिका स्तरीय अधिवेशन तय भएको थियो । तर, विभिन्न कारणले काठमाण्डु भक्तपुर सहित केही जिल्लामा हुन सकेन । अव भोली पर्सीमा होला’, उनले भने । अधिवेसन हुन नसकेको जिल्लाको विवरण साँझ मात्र प्राप्त हुने उनले बताए ।

संस्थापन इतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि पदाधिकारी बैठकले यसअघि तोकिएको मितिमै ६४ जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो । २१ वटा हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ  । प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । तर पदाधिकारी बैठकले कार्यतालिका संशोधन गरेपछि विरोध सुरु भएको छ ।