पार्टीको अधिवेशनलाई उत्सवका रुपमा उपयोग गर्न आह्वान

591 Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेपाली कांग्रेसका नेता अर्जुननरसिं केसीले पार्टीको अधिवेशनलाई विचार विमर्शको अवसर र उत्सवका रुपमा उपयोग गर्न आह्वान गर्नु भएको छ ।

पार्टी भित्रको निर्वाचनमा विधि, विधान, नियम, पद्धती सबैलाई एकातिर थन्क्याएर हराउने वा जिताउने खेलमा लाग्न नहुनेमा उहाँले जोड दिनुभयो । एउटै पार्टी भित्र सत्रु जसरी लड्न परेकोमा लाजलाग्नु पर्ने उहाँको भनाई छ ।

पार्टी भित्र प्रतिश्पर्धा र बादविवाद लोकतन्त्रको सर्वमान्य सिद्धान्त भएको बताउदै उहाँले निर्वाचनलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रीक पद्धती भित्र गट उपगुटहरु हुनुलाई पनि स्वभाविक मान्नु पर्ने र त्यस्ता समूहहरु वैचारीक हिसावले हुनु राम्रो हुने उहाँको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “जहाँबाट जुन समुहको जित भएपनि नेपाली कांग्रेको जित हुने हो, त्यसैले यसमा धेरै भिडन्त गर्नु हुदैन ।”

कांगे्रको विधान पदाधिकारी तथा पुर्व पदाधिकारीको नाममा केही नेता बसेर संशोधन गर्ने परिपाटी भएको भन्दै उहाँले त्यसप्रति आपत्ति जनाउनुभयो । पटक पटक कार्यतालिका संशोधन गर्नु गलत भएको उहाँको भनाई छ । कुनै गुटको मनपरीतन्त्रबाट पार्टीलाई धरासायी बन्नबाट जोगाउन सवैले खवरदारी गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।