मोदी र बाइडेन बीच ह्वाइट हाउसमा भेटवार्ता

537 Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग असाेज ८ गते भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले असाेज ८ गते शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय भएको थियाे ।  

बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिएका हुन् ।

तीन दिने अमेरिका भ्रमणका क्रममा देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको समाचार छ । सबै भेटवार्तामा माेदीले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गरेकाे र गर्ने कार्यक्रम रहेकाे छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको थियाे । अमेरिकी राष्ट्रपति बाइडेनसँगकाे भेटवार्ता उपलब्धिमूलक भएकाे कुरा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नाे फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बीचमा अझ बलियो बनाउने बारेमा छलफल भएकाे जनाइएको छ । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको  पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने अनुमान गरिएकाे थियाे ।

असाेज ६ गते बुधबार अमेरिका पुगेका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिनुका साथै सम्बाेधन समेत गरेका छन् । असाेज ९ गते शनिबार  संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  मोदीले क्वाड शिखर सम्मेलनपछि न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्को ७६औं महासभालाई शनिबार सम्बोधन गर्नेछन् ।

क्वाड सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी भएका छन् । प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने तालिका रहेको छ ।

(तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे फेसबुकबाट)