आज सुनको मुल्यमा गिरावट

9.4k Shares

काठमाडौं: आज स्थानीय बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार कायम गरेको छ । बिहीरबार तोलाको ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तोलामा ६०० रुपैयाँले सुनको भाउ घटेको हो ।

यस्तै, तेजाबी सुनको मुल्य पनि घटेर तोलाको ८८ हजार ५५० कायम भएको महासंघले जनाएको छ । आज भने  चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबारका लागि चाँदीको मुल्य तोलाको ११ सय ६० कायम गरिएको महासंघले जनाएको छ । बिहीबार तोलाको ११ सय ५५ रुपैयाँ थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार