रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन

20.7k Shares

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ एक हजार दुई सय ६ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गरेको हो ।  बुधबार कम्पनीको सेयर प्रतिकित्ता एक हजार तीन सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यको आधारमा  बिहीबार कारोबार खुल्नेछ । कम्पनीले १६ असोजमा वार्षिक साधारण सभा आह्वान गरेको छ ।  जलविद्युत कम्पनीले साधारण सभा प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ। 

सभामा आर्थिक वर्ष २०७६र०७७ को नाफाबाट करसहित १० दशमलव ५२ प्रतिशत नगद लाभांश र २०७७र०७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर सोबापत लाग्ने कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ । साथै, संस्थापक समूहबाट पाँचजना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि  छ । 

ताजा अपडेट
सम्बन्धित समाचार