असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्न काठमाडौं महानगपालिकाले दियो अनुमति

390 Shares

काठमाडौं: काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन गर्न सकिने बताएको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्ने महानगरले जनाएको छ । विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टुमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताए । शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ ।

विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने, शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ ।

यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था गर्ने शाखा प्रमुख सुवेदीले बताए ।

यदि विद्यालयमा विद्यार्थी संख्या ठूलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको पनि सुवेदीले जानकारी दिए ।

विद्यालय सञ्‍चालनसम्बन्धी २७ बुँदे मापदण्ड यसप्रकार रहेका छन्:

mapdanda.jpgmapdanda2.jpg