पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ ?: ओली

720 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

बर्दिया : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको तर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । 

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।

उनले भने, पार्टीले निकालेको छैन भन्दै पार्टी दर्ता गर्न मिल्छ : यो ज्यादती हो हामीले अदालतमा मुद्दा दर्ता गरेका छौं । यस्तै, ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । उनले भने,जुन हातमा दूध र भात दियौं, त्यहीँ हात प्रचण्डले टोकी दिएका छन् । ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।

मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै ओलीले भने,७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु लोभी पापीको हड्डीको लागि लडाइँ छ ।