ओलीजत्तिको झुटो बोल्ने व्यक्ति नेपालमा कोहि छैन्: प्रचण्ड

450 Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टी थोरै मेहनत गर्दा पहिलो बन्ने दाबी गरेका छन् ।

उनले जनतामा आफूहरुको जबरजस्त प्रभाव रहेको पनि दाबी गरे । सूर्यनाथ राम यादवमा क्रान्तिकारी व्यक्तित्व रहेको स्मरण गराएका छन् । यादवको षड्यन्त्रपूर्वक हत्या गरिएको उनको भनाई रहेकोछ ।

आज (सोमबार) सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले अहिले पार्टी पूनर्निर्माणमा जाने संकल्प गरेको सुनाए । आफ्नो पार्टी विस्तारै विस्तारै एमालेकरण भएको पनि बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको झुटो बोल्ने व्यक्ति नेपालमा अरु कोही नभएको समेत दाबी गरेका छन् ।

‘प्रचण्ड’ले केपी ओलीको परिचय नै धोकेबाज भएको भएपनि अरुलाई नै धोकेबाज भनेर सजिलै भन्ने गरेको  टिप्पणी गरे । उनले माधव नेपाल र झलनाथ खनालजस्तो बरिष्ठ नेताहरु ठीकै ट्रयाकमा रहेको पनि सुनाए । उनले केपी ओलीलाई भ्रष्ट नेताको रुपमा चित्रण गरे ।