उत्तर कोरियाले दियो जापान र अमेरिकालाई धम्की

747 Shares

संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा सहयोग र समर्थन गरेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई धम्की दिएको छ।

उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको यो सम्झौतालाई ‘निकै खतरनाक कारवाही’ बताएका छन् । यसले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गरिदिनेछ र ‘हतियारको दौड’ लाई प्रोत्साहन दिने पनि उनले बताएका छन् ।

अधिकारीका अनुसार उत्तर कोरियाले यो सम्झौतामाथि निकै सूक्ष्म ढङ्गले निगरानी गरिरहेको र यदि यसमा उसको देशको सुरक्षामा अलिकति पनि नकारात्मक असर देखिए आफूहरुले यसविरुद्ध कडा कारवाही गर्नेछ ।

उत्तरले पहिलेदेखि नै गुआम आक्रमणको धम्की दिदैं आएकोमा केही साताअघि जापानी आकाश हुँदै एक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त क्षेप्यास्त्र गुआम नजिकै समुन्द्रमा पड्केको थियो। यसलाई उसले अमेरिकाविरुद्ध सैन्य कारवाहीको पहिलो कदम भनेपछि तनाव झनै चर्कियो।

दुई देशबीचको तनावमा त्यसपछि विश्वव्यापी हुँदै गएको हो। झन् गत साता उत्तरले राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रहका बावजुद शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्यो।

आफूलाई शक्तिशाली देखाउन उत्तरले आठ वर्षदेखि बारम्बर क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ।