महेश बस्नेतलाई वाइसीएल सह-संयोजकको चेतावनी: प्रचण्ड होइन एमालेकै राजनीतिक भविष्यमा चिन्ता गर

14.1k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडाैं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा योङ कम्युनिष्ट लीग नेपालका सह-संयोजक सुबोधराज सेर्पालीले महेश बस्नेतलाई ठाडो चुनाैति दिएका छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले प्रचण्डलाई एक कार्यक्रममा बोल्दै एमाले प्रवेश नगरे राजनीतिक भविष्य सकिने चेतावनी दिएका थिए ।

यस्तै सेर्पालीले भनेका छन्, 'एमाले भन्ने पार्टीमा कुनै विचार, सिद्धान्त, विधि, पद्धति र लोकतान्त्रिक चरित्र नै छैन् । यो पार्टी नै अस्थित्व कहिलेसम्म रहन्छ भन्ने विषय नै आशंकाको घेरामा छ । क. प्रचण्ड 'बा' बनेर होइन जनताको सेवक अनि ढुकढुकि बनेर यो स्थानमा आइपुगेका जननेता हुन् । अराजकताले हद नाघ्यो भने विगतमा जस्तै गुमनाम भएर हिड्ने अवस्था आउन सक्छ ।विगतमा एउटै पार्टीको सहयोद्धा बनेर काम गर्दा अलिअलि बचेको भावना आफैले टुङ्ग्याउने कार्य नगर्नुहोस् ।'

बस्नेतको चेतावनीलाई नेता सेर्पालीले लज्जास्पद, खेदजनक र निकृष्ठताको संज्ञा दिएका छन् ।

वाईसीएलले यस्ता चेतावनी दिएमा प्रतिकारमा उत्रने भन्दै प्रचण्ड 'बा' को रुपमा नभई जनताको सेवा र जनयुद्धबाट स्थापित नेतृत्व भएको उनले जनाएका छन् । 

बस्नेतालाई सेर्पालीले सुझावसहितको चेतावनीमा भनेका छन्, 'वाईसीएल यसको अगुवाई गर्न सक्षम र सबल छ भन्ने तथ्य तपाईँले राम्रैसंग बुझ्नु भएको छ । ध्यान दिनुस प्रचण्डको राजनीतिको चिन्ता गरेर बोल्दा सन्तुलन गुम्यो भने चिहानबाट मुर्दा उठेर तपाईको घमण्डलाई दुत्कार्ने छन् । त्यो बेला न टेक्ने, न समात्ने ठाउँ पाइनेछ ।'

 

ताजा अपडेट
सम्बन्धित समाचार