
"पहिला जनमुक्ति सेनाको नाममा माओबादीले व्यवसायीहरु संग पैसा उठ्याउथ्यो, अहिले सिआइबीको नाममा पैसा उठाउदै छ ।" सिन्धुलीका कॉग्रेश नेताले फेसबूकमा लेखेका छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि नसमात्ने ? तर व्यवसायीहरुलाइ सोधपुछको लाई बोलाउनुको साटो मोस्ट वान्टेडको शैलीमा गिरफ्तार गर्छु भन्ने प्रचण्डको कार्य निन्दनिय छ ।
किनकि चौधरीग्रुपले सत्र हजार बढि कर्मचारीलाई रोजगारी दिएको छ । यसका देशभरका बिभिन्न डिलर, डिस्टिब्युटर, बैङ्क, फ्याक्ट्री, होलसेल, पसल आदि त्यसमा लोड अनलोड देखि ड्राइभर, खलासी, गाडी, रोड ट्याक्स, होटल, सप्लायर्स जस्ता अप्रत्यक्ष डाटा हेर्ने हो भने करीब दश लाख भन्दा बढि नेपालीले अप्रत्यक्ष रोजगारी दिएको छ । यसबाट कमाएर परिवार पालनपोषण गर्दा करिब पचास लाख नेपालीलाई चौधरी ग्रुपले पालेको छ । त्यसैले कसैको खेलको गोटी बनाएर बिनोद चौधरीलाई पक्राउ गर्न खोज्नु र सुनकाण्डमा माओवादी नेतालाईमात्र जोगाउने , बालुवाटार काण्ड, गृहमन्त्रीको चलखेल, भुमि आयोगको जग्गा किर्ते आरोपी ६०० जना एमाले नेता कार्यकर्तालाई छोड्ने तर सत्तरी करोड छाड्ने तर देशका अन्तराष्ट्रिय शान विनोद चौधरी माथि ३६ बर्ष पुरानो मुद्दामा फसाउन खोज्ने केपी ओलीले प्रचण्डको ढाडमा टेकेर कॉग्रेशलाई प्रहार गर्ने हतियार बनाएको कॉग्रेश नेताहरूको गुनासो छ । बाबुराम भट्टराईलाई विश्वासको हतियारले सिध्याउने प्रचण्डमाथि सत्र हजार मान्छे मारेको आरोप लाग्दै आएको छ भने बिनोद चौधरी सत्रहजार भन्दा बढिका रोजगारदाता हुन् ।
प्रचण्ड ठुला खेलाडि हुन तर अध्ययनका कारणले केपीले जित्ने लगभग निश्चित छ । माधव नेपाल, झलनाथ खनालको राजनिति सिद्धाएर खालि भ्रष्टाचार आरोपितहरूको कुञ्जमा घेरेर बस्ने केपी ओली देशका लागि घातक हुनसक्छन भन्दा फरक पर्दैन । किनकि उनले बालुवाटार जग्गामा जोगाएका छन्, ट्याङ्की पैसामा जोगाएका छन् । भुमि आयोग गठन गरेर दश हजार भन्दा बढी नेता कार्यकर्तालाई किर्ते जग्गा संविधानमाथि बनाएर बॉडेका छन् । उनले देशको लागी घातक काम मात्र गरेका छन् भन्दा फरक पर्दैन ।
के छ भित्री योजना । खाली देश र अरूलाई डुबाउने मात्र हो ।
कसरी खेल्दैछन् खेल ।
केपी ओली ।
तर्साएर सत्ता कब्जा गर्न खोजेका ओलिले छिटो नपक्रने रणनितिमा छन् । उनी केहि समय लिएर दूईलाई पक्राउ गरेर सरकारले राम्रो काम गरेको भनेर समर्थन गर्ने र कॉग्रेशलाई आफै छोडे केहि नभन्ने नत्र गहलत्याएर कमजोर मन्त्रालय दिएर हटाउने पक्षमा छन् । र फ्लोर खालि गराउन लागेको बुझिन्छ । फ्लोर खालि भएपछि कुनै बाहनामा प्रचण्डको घुस प्रकरण वा प्राइभेट डाटा लिग गराएर राजिनामा गराउन सक्ने देखिन्छ । त्यसपछि काङ्ग्रेस वा माओवादि दुवै अप्सन केपी ओलीको लागि खुल्ला हुने देखिन्छ। यसमा पनी प्रचण्ड कमजोर हुन्छन् । किनकी के पी ओलीसंग भ्रष्टाचारी नेताहरूको खुरापाती झुण्ड छ ।
प्रचण्ड
प्रचण्डले केपीको प्लानमा कन्फर्म छन् । आफू पपुलर प्रधानमन्त्री बनेर फेरी सत्ता हत्याउने योजनामा छन् । पार्टी एकिकरण गरेर अध्यक्ष ओलीलाई बनाउने आफु शक्तिमा रहने ध्यानमा छन् । उनले ओलीको ब्रमास्त्र बुझेका छैनन् । उनि छिटो पक्राउ गर्नुपर्नेमा छन् । किनकी उनी बाबुराम भट्टराईलाई जस्तै गरेर केपीलाई घुमाउने सत्ता नछाड्ने प्लानमा छन् ।
देउवा
देउवा र ओलीको कुनै गोप्य भेटघाट भएको देखिएको छैन । देउवाले पनि ओलीको दाउ बुझेका छन् । प्रचण्डबाट दिक्क उनी ओलीसंग कसरी प्राईम मिनिस्टर त्यो भएमा अगाडी बन्न सकिन्छ भन्नेमा छन् । एक वर्ष नै मात्र भएपनि अगाडी कसरी प्रधानमन्त्री बन्न सकिन्छ भन्ने उनको सोचाई हो । यसमा दुई खेलाडी मिलेमा प्रचण्डको राजनिति सकिन सक्छ।
प्रचण्डले के गरे देशको लागी
• भ्रष्टाचारको आरोप : माओवादी नेतृत्वमा सरकारमा हुँदा आर्थिक अनियमितता र सार्वजनिक कोषको दुरुपयोग भएको आरोप लगाइएको छ ।
• सशस्त्र द्वन्द्वमा संलग्नता: प्रचण्डले गृहयुद्ध (१९९६-२००६) को समयमा नेपालमा माओवादी विद्रोहको नेतृत्व गरे। सामाजिक-राजनीतिक मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले द्वन्द्वले मानवअधिकार हनन र हिंसा निम्त्यायो। युद्धकालीन कार्यहरूसँग सम्बन्धित आरोपहरू विवादको स्रोत भएको छ।
• राजनीतिक चालबाजी: प्रचण्ड राजनीतिक चालबाजी र राजनीतिक गठबन्धनमा परिवर्तन, सरकार भित्र अस्थिरता र समग्र राजनीतिक परिदृश्यलाई असर गरेकोमा आलोचना भएका छन्।
• सङ्क्रमणकालीन न्यायको व्यवस्थापन: गृहयुद्धका क्रममा भएका मानवअधिकार उल्लङ्घन र युद्ध अपराधलाई सम्बोधन गर्ने ढिलाइ र विवादास्पद प्रक्रियामा, विशेष गरी सङ्क्रमणकालीन न्याय संयन्त्रको स्थापनासम्बन्धी माओवादी पार्टीले आफ्नो भूमिकाको लागि आलोचनाको सामना गर्नुपरेको छ।
केपी ओलीले के गरे देशको लागी
• विवादास्पद संसद विघटन: केपी ओलीले राजनीतिक अस्थिरता र अलोकतान्त्रिक व्यवहारको आरोप लगाएर दुई पटक संसद विघटन गरे ।
• पार्टीभित्रको द्वन्द्वः ओलीले आफ्नै राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झेल्नुपरेको थियो, जसले गुटबन्दी निम्त्यायो।
• निरंकुशताको आरोप: आलोचकहरूले ओलीलाई आफ्नो कार्यकालमा शक्तिको केन्द्रीकरण र निरंकुश प्रवृत्तिको प्रदर्शन गरेको आरोप लगाए।
• कोभिड-१९ महामारीको व्यवस्थापन: परीक्षण, स्वास्थ्य सेवा पूर्वाधार र आर्थिक चुनौतीहरू लगायत कोभिड-१९ महामारीमा सरकारको प्रतिक्रियाबारे चिन्ताहरू थिए।
• भारतसँग बिग्रँदै गएको सम्बन्धः भारतसँगको तनावपूर्ण कूटनीतिक सम्बन्ध, विशेषगरी सीमा विवाद र विवादास्पद वक्तव्यका कारण ओलीको प्रशासनले आलोचनाको सामना गर्नुपरेको थियो।
स्मरण रहोस कमरेड आवश्यक परे आन्दोलन हुन सक्छ । जनतालाई नहेपीओस् ।
लेखक भण्डारी नेबी संघ पुर्व केन्द्रिय सदस्य हुन् ।