शवलाई स्वागत गर्ने एजेन्ट भएर कहिलैसम्म बस्ने: शुक्ला (भिडियो सहित)

10.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल शवलाई स्वागत गर्ने देश कहिलैसम्म रह्ने भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै शुक्लाले कुटनितीक संबन्धको प्रयोग गरेर त्यहाँको सरकारलाई प्लेन चार्टर गरेर नेपालीलाई स्वदाश पठाइदिन किन्न भन्न सकेनन् र परराष्ट्र मन्त्री आफैं जानुको कारण के हो भन्र्दै जवाफ मागेका छन् । सरकारले युद्धभुमीमा जोखिममा परेका २५३ जना नेपालीलाई सिमित साधन श्रोताको प्रयोग गरेर स्वदेश ल्याएकोमा धन्यवाद दिदैं संसदमा अनेकन प्रश्नको जवाफ समेत माग गरेका छन् । नेपाल इजराइल सँग दौत्य संबन्ध राख्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै उनले यताबाट जहाज पठाएर नेपाली ल्याउनुभन्दा इजराइल सरकारलाई भनेर चार्टड फ्लाईट मार्फत नेपालीलाई स्वदेश किन नल्याएको जिकिर गरे । उनले नेपालले संयुक्त राज्यमा इजराइलको विपक्षमा मतादान गरेको सम्झाउदैं हामी हमासको पक्षमा रहेको हो कि भनेर सरकार यसमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार