सनातन धर्मको प्रवर्द्धनमा आउन लागेको कार्यक्रम "युटोपिया- एक सुन्दर भविष्य" एनएनटिभिबाट प्रसारण हुने

5.7k Shares

सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम "युटोपिया- एक सुन्दर भविष्य" नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभि)बाट प्रसारण हुने भएको छ । मेगा आर्ट एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमको निर्माता नवराज लम्साल तथा एनएनटिभिका कार्यक्रम निर्माण प्रमुख नविन भट्टविच सम्झौतामा हस्ताक्षर भएको छ ।  चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्नेछन्  । सम्झौता कार्यक्रममा चलचित्र नाङ्गो गॉउका निर्माता हिमाल शर्मा पनि उपस्थित भएका थिए । उनले यस कार्यक्रम सफल हुने र हालको देशमा चलेको धार्मिक द्वन्द्व समेत यस कार्यक्रमबाट शान्त हुने विश्वास ब्यक्त गरेका छन्।  

nepal-network.jpg 'सनातन' को अर्थ - शाश्वत वा ' अनन्त' अर्थात्, जसको न त सुरुवात छ न अन्त्य नै भन्ने हुन्छ ।   यस धर्मको कोही प्रवर्तक नभई साक्षात ईश्वरलाई नै यस धर्मले मान्ने गर्दछ।  त्यस्तै अंग्रेजी शब्द युटोपियाको अर्थ  स्वप्नलोक वा रामराज्य हुने गर्दछ ।
राजनितिज्ञ एवं लेखक नवराज लम्सालको कार्यकारी निर्माणमा बन्न लागेको यस कार्यक्रममा देशका बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरूलाई  अतिथिको रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डलि बिश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ।

कार्यक्रममा धर्मका साथै धर्मसंग जोडिएको विज्ञानको विषयमा समेत बहस हुनेछ 

ताजा अपडेट
सम्बन्धित समाचार