
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति भारत तर्फ झुकाब राख्ने नेताहरुले आलोचना गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उक्त विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्ट्र मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी पनि उनले गरेका छन्।
उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई कति नाफा हुन्छ भन्ने हिसाब पनि सुनाएका थिए।
चिनियाँ राजदूतको अभिव्यक्तिले सोनलको मन कटक्कै खायो
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।
राजदूतको अभिव्यक्ति हेपाहा प्रवृत्तिको भएको भन्दै उनले त्यसको भर्त्सनासमेत गरे। राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने उनले बताए ।
सम्बन्धित निकायले चीन सरकारसँग पहलगरी सोङलाई फिर्ता पठाउन सरकारसँग उनको माग छ। चिनियाँ राजदुतको कुराले शुक्लाको मन किन दुख्यो ?