‘माधव कमरेड! म केपीसँग पनि जान्नँ, तपाईँले पनि झेली कुरा सिक्नुभएछ’

630 Shares

काठमाडौँ – एकीकृत समाजवादीका नेता प्रदीप नेपालले आफूले अध्यक्ष माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन्।

नवगठित पार्टीले ‘जबज’ स्वीकार गर्ने आश्वासन पाएपछि आफूले साथ दिएको तर अहिले धोका उपहार भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले आफू केपी ओलीसँग मिल्न नसक्ने जनाउ दिदै नेपालसँग पनि बिदा मागेका छन्।

उनले लेखेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा।’

बुधबार एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्त नेपाल निर्वाचन आयोगमा पुगेका थिए। प्रदीप नेपालको उपस्थितमा पार्टीमा अर्थपूर्ण रुपमा हेरिन्छ।