श्रीलंकाबाट फर्किए रवि: रंगशाला बनाउने बारे संसदमा कुरा राख्ने

1.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि आफुले नीतिगत पहल गर्ने बताएका छन् ।

श्रीलंकामा एसिया कप हेरेर फर्किएका लामिछानेले क्रिकेटमा देखेको सपना पूरा गर्न आफ्नो तर्फबाट सबै भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।

रंगशाला बनाउने बारे संसदमा कुरा राख्ने बताउदै लामिछानेले भने, ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।

सम्बन्धित समाचार