
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सरकारबाट हटाउन अनेक खेल भइरहेको स्वीकारेका छन् । भ्रष्टाचारविरोधी अभियानबाट डराएकाहरुले आफूलाई हटाउन खोजेको उनको भनाइ थियो ।
‘भ्रष्टाचारमा संलग्न हुनेहरूले सरकारको अभियान असफल पार्न खोजिरहेका छन्’, चितवनको एक कार्यक्रममा उनले भने, ‘अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरुलाई हटाउन खोज्दैछन् ।’
उनले आफूलाई हटाउने खेल भए पनि भ्रष्टाचारविरोधी गतिविधि नरोकिने बताए ।
पछिल्लो समय सत्तासझेदार नेपाली कांग्रेसले गृहमन्त्री फेर्न खोजेको चर्चा व्यापक छ ।