एकिकृत समाजवादीले बोलायो सचिवालय बैठक, के छन् एजेण्डा ?

2.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा (एकीकृत समाजवादी) ले पार्टी सुिचवालयको बैठक बोलाएको छ । पार्टीको सचिवालय बैठक सोमबार बस्ने भएको हो ।

केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको पार्टी श्रोतको भनाइ रहेको छ । प्राप्त जानकारी अनुसार सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन ।

सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।

सम्बन्धित समाचार