कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटकाे सुनुवाइ आज

1.9k Shares
सम्बन्धित पार्टी

कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ । यस अघि शुक्रबारका लागि तय सुनुवाइ हेर्न नमिल्नेमा राखिएकाे थियाे ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबार  न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त  इजलासमा परेको थियाे ।  यसअघि भदौ ७ गते पनि उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकाे एकल इजलासमा परेकाे थियाे ।  

साे दिन कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल झिकाउन  सर्वोच्चले आदेश दिएकाे थियाे ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए ।

सम्बन्धित समाचार