गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न गृहको पत्र आएको पुर्व सन्ध्यामा उपेन्द्रको भारत यात्रा: नियोजित  कि संयोग ?

22.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: गृह मन्त्रालयले गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन  सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

पटक पटक सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने धम्की दिदै आएका थिए । तर सत्ता बचाउन लागिपरेका प्रचण्ड सरकारले केही समयपछि मुद्दा बाहिर नल्याउने सर्तमा गौर हत्याकाण्डको फाइल सदाका लागि भनेर बन्द गरेका थिए । 

तर विगत केही समय यता गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका छन्  । र पीडितको लगातारको आन्दोलन र सरकार माथिको दबाबले अन्ततः गृहले दोषी देखिएकाहरु माथि कारबाही गर्न पत्राचार गरेको छ ।

१७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो । 
राजनीतिक दलको झडपमा परेर भएको नरसंहारलाई तत्कालीन सरकारले नजरअन्दाज गरेको थियो । 

यता पीडितहरुले कारबाहीको लागि सरकारमाथि निरन्तर दबाब बढाएपछि साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच पाँच बुँदे सम्झौता भएको थियो ।

यता, सरकारले गौर घटनाका फाइल खोल्ने भएपछि   जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले उच्च स्तरीय छानबिन आयोगको माग गरेका छन् । 

तर सरकारले दोषीलाई कारबाही गर्ने पत्र पठाउने पुर्व सन्ध्यामा उपेन्द्र यादव भारत तिर लागेका छन् । उनले वैवाहिक कार्यक्रममा सहभागी हुन भारत तर्फ लागेको प्रचार गरिएको छ । तर,ऊनी वैवाहिक कार्यक्रममा नभई सरकारले दोषीलाई कारबाही गर्ने भए पछी भारत भागेको आशंका गरिएको छ । 

पछिल्लो समय कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पर्नु, काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पक्राउ पुर्जी काट्नु, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिनु जस्ता घटनाले राजनीति उथलपुथल भएको छ । 

स्रोत भन्छ, ‘राजनीतिक दबाबका कारण गौर घटनाको फाइल तत्काल अघि बढ्ने देखिँदैन । राजनीतिक वातावरण शान्त भएपछि त्यसलाई पुनः अगाडि बढाइनेछ ।’ राजनीतिक दबाबका कारण उपेन्द्र यादवको फाइल अहिले पेन्डिङमा राखेको ती स्रोतले दाबी गरेको छ ।

सम्बन्धित समाचार