
काठमाडौं: महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा २०७८ भदौ ९ मा दर्ता भएर राजनीतिक दलको मान्यता पाएको थियो ।
लोसपा तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पु¥याई दल विभाजन गरेको थियो । लोसपा आफ्नो दोश्रो बार्षिकोत्सव मनाइ रहदा हालसम्म पदाधिकारीसम्म टुङयाउन सकेको छैन ।
वर्तमान परिवेशमा हेर्दा लोसपा राजनीतिक रुपमा पनि निसक्रीय सरह देखिएको छ । लोसपाले स्थानीय तह देखि प्रदेश र संघीय निवार्चनसम्म खराब नतिजा हासिल गरेको थियो । लोसपा संगै माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी दल स्थापना भएको केहि महिनामै पार्टी मजबुत बनाउन लागि परे र त्यसको परिणाम सबैको सामुने छ ।
नेकपा एसले भातृ संगठनहरु निमार्ण गरेर अगाडि बढे पनि लोसपाले अहिलेसम्म पदाधिकारीसम्म नियुक्त गर्न नसक्नाले पार्टी अध्यक्ष महन्त ठाकुरको नेतृत्व माथि पनि प्रश्न उठ्न थालेको छ ।
लोसपाका एक नेताले पार्टी नेतृत्वको बचाउ गर्दै पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन सबै लागेको बताए । उनले अबको केही दिनमा लोसपा पुर्ण रुपमा नेतृत्व गर्दै अगाडि बढ्ने बताए । उनले फुटको संघारबाट गुज्रिएको लोसपा अब दल मजबुत बनाउन केन्द्रित भएर काम गर्ने बताए ।
त्यस्तै लोसपाका अर्का एक नेताले पार्टी विस्तार गर्ने तर्फ खासै कसैले चासो नदिएको गुनासो गरे । उनले सबै व्यक्तिगत स्वार्थमा लिन भएको बेला पार्टी निर्माणमा कस्ले ध्यान दिने जस्तो वातावरण सिर्जना भएको बताए । उनले भने अबको दिनमा समेत पार्टी विस्तार र निर्माणमा कसैले चनाखो भएर ध्यान नदिए दलको अस्तित्व नै धरापमा पर्न सक्छ ।