लोसपाको पक्षमा १४ सांसद र १७ कार्यकारिणी सदस्यको सनाखत

693 Shares

काठमाडौँ– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा १४ जना सांसदले सनाखत गरेका छन्।

यस्तै जनता समाजवादी पार्टी (जसपा)मा रहेका १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले ठाकुर नेतृत्वको लोसपालाई साथ दिएका छन्। उनीहरुले बुधबार निर्वाचन आयोग पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन्।

जसपाका तर्फबाट प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ सांसद छन्। त्यसमध्ये दुई जना निलम्बित छन्।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदा तटस्थ बसेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै मञ्जुरीनामा दिएका छन्।