रास्वपालक्षित गर्दै शंकर पोखरेलले भने- नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

4.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेश जाने नेपालीको संख्या झन् बढेको बताएका छन् ।  

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘विदेश जान रोक्छु’ भन्ने दल आएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन् । पोखरेलले एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्ने पनि उल्लेख गरेका छन् ।  

‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर, तथ्यहिनरूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो,’ पोखरेलले लेखेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीकारूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झन् बढ्यो । के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?’  

उनले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठीक र बेठीक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने पनि उल्लेख गरेका छन् । 

सम्बन्धित समाचार