अमेरिकालाई तालिबानले दियो धम्की

972 Shares

तालिबानले अमेरिकाको बाइडन प्रशासनलाई सैनिक फिर्ता समयमै नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

प्रवक्ता सुहेल शाहीनले अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छोड्ने कुरा बताइसकेको स्मरण गराए । अहिले आएर त्यसबाट पछि हट्न नमिल्ने उनको भनाइ छ ।

३१ अगस्टभन्दा एक दिन मात्र पनि म्याद बढाउन नमिल्ने उनले बताए । राखिरहेमा जस्तो परिणाम पनि आउन सक्ने उनको भनाइ छ ।

अमेरिकीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि अगस्ट ३१ पछि पनि आफ्ना सैनिक त्यहाँ रहने बाइडनले बताएका थिए ।

तालिबानको कब्जापछि काबुल विमानस्थलमा अस्तव्यस्तता तथा कारुणिक दृश्य देखिएको विषयमा शाहीनलाई प्रश्न सोधिएको छ । उनले यसलाई खारेज गर्दै भने,यो चिन्तित भएर वा डराएर जम्मा भएको भीड हैन । उनीहरू पश्चिमी देशमा बस्न चाहन्छन् । अफगानिस्तान गरीब मुलुक हो र यहाँ ७० प्रतिशत मानिस गरीबीको रेखामुनि छन् । त्यसैले पश्चिमी देशमा समृद्ध जीवन बिताउनका लागि देश छोड्न चाहनेहरू धेरै छन् । यो डरको कुरै हैन ।